नियम ३३
निर्णयको जानकारी पठाउनु पर्ने
  (१) प्रचलित कानूनबमोजिम अनुसन्धान तहकिकात पूरा भई प्राप्त भएको मिसिलमा मुद्दा नचल्ने गरी निर्णय भएकोमा सो निर्णय भएको मितिले तीन दिनभित्र जिल्ला सरकारी वकील कार्यालयले पुनरावेदन सरकारी वकील कार्यालय समक्ष र पुनरावेदन सरकारी वकील कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा निकासाको लागि पठाउनु पर्नेछ । यसरी पठाउँदा सम्बन्धित मुद्दाको हदम्याद समेतलाई विचार गरी छिटो साधन वा माध्यमद्वारा पठाउनु पर्नेछ ।
(२) एकभन्दा बढी व्यक्ति उपर अनुसन्धान तहकिकात भएकोमा सोमध्ये कसैको हकमा मात्र मुद्दा चलाइएको अवस्थामा र नेपाल सरकार वादी हुने मुद्दा देखिई अनुसन्धान तहकिकात भएको तर अनुसन्धान तहकिकातबाट मुद्दा नेपाल सरकार वादी भई चल्न सक्ने अवस्था भई अन्य ऐन अन्तर्गत मुद्दा चल्ने भनी निर्णय भएमा सोको जानकारी पुनरावेदन सरकारी वकील कार्यालय तथा महान्यायाधिवक्ताको कार्यालयमा तुरुन्त पठाउनु पर्छ ।
(३) उपनियम (१) र (२) बमोजिम जानकारी नपठाउने सरकारी वकीललाई विभागीय कारबाही गरिनेछ ।